फिनल्यान्डको एस्पू शहरमा अस्थायी पैदलयात्री पुल भत्किँदा २४ जना घाइते भएको रोयटर्स समाचार संस्थाले खबर दिएको छ ।
राजधानी हेल्सिन्कीबाट ठीक बाहिर रहेको एस्पूको पुल भत्किँदा घाइते भएकामध्ये अधिकांश बालबालिका छन् ।
घाइतेहरूलाई गम्भीर चोट नलागेको हेल्सिन्की अस्पतालका अधिकारीहरूले बयान जारी गरेर बताएका छन् ।
आठ कक्षाका विद्यार्थीहरू फील्ड ट्रिपबाट फर्किंदै गर्दा पुल भत्किएको थियो ।
अस्थायी पुल प्लाईवूडबाट बनेको अनि उक्त क्षेत्रमा निर्माणको काम चलिरहेको प्रहरीको भनाइ छ ।
उद्धारकर्ताहरूले घाइतेलाई प्राथमिक उपचार दिनुका साथै अस्पताल पनि पुर्याएका थिए ।