गैँडाकोट । आगामी मंसिर चार गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा नेकपा एमालेले नवलपुर क्षेत्र नं.१ मा कृष्ण पौडेललाई उमेदवार बनाएको छ । पार्टी केन्द्रीय सदस्य समेत रहेका पौडेलले नवलपुर १ बाट टिकट पाएका हुन् ।
पौडेलले २०७० मा भएको संविधानसभाको निर्वाचनमा नवलपरासी क्षेत्र नं. ३ बाट चुनाव जितेका थिए ।
नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. १ मा स्थायी रुपमा बस्दै आएका नेता पौडेल शालिन नेताको रुपमा परिचित छन् ।

