गैंडाकोट, नेपाल कम्युनिस्ट पार्टी (एमाले) नवलपुर क्षेत्र नं.-१ प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्ण पौडेलले नवलपुरको सुकुम्बासी समस्या समाधान गर्ने काम पहिलो प्राथमिकता रहेको बताएका छन । गैंडाकोट नगरपालिका वडा नं.-१ मा आयोजित घरदैलो कार्यक्रमका क्रकमम एमालेको सरकार हुदा बनेको भूमि आयोगले नवलपुरका सबै सुकुम्बासीको तथ्यांक संकलन कार्य पुरिसकेको र एमालेको सरकार आए लगत्तै लालपुर्जा प्रदान गर्ने बताएका छन । एमाले जनताको पार्टी रहेको र एमालेको सरकारले मात्र सुकुम्बासी समस्या समाधान गर्ने बताउदै २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुदा ६० हजार लालपुर्जा वितरण , विचमा पनि बने काम भएन र २०७४ केपि ओलि प्रधानमन्त्री हुदा देवि ज्ञावलीको अध्यक्षतामा भुमि आयोग गठन भयो र सबै तथ्यांक संकलन गरियो र वितरणको तयारीमा हुदाँ सरकार ढल्यो जसले गर्दा लालपुर्जा वितरण गर्न पाएनौं अब नेकपा (एमाले) को सरकार आए हामी लालपुर्जा प्रदान गर्ने र यो पहिलो प्राथमिकता भएको बताएका हुन् ।
Breaking News
- चितवनमा अन्तरमावि नाटा रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
- अयोध्याधाममा विवाह पञ्चमीको भव्य उत्सव, १४ समूहबीच रत्यौली प्रतियोगिता सम्पन्न
- मंसिर १० गतेसम्म सबै दल आयोगमा दर्ता गर्नू, निर्वाचन बहिष्कार गरेर अराजकता नरोज्नू: प्रधानमन्त्री कार्की
- ‘मोन्था’ चक्रवातको प्रभाव : कोशी र बागमतीका यी नदी ‘उल्लेखीय बढ्ने’, यी जिल्लामा बाढीको धेरै प्रभाव
- टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)
- चितवनमा कर्फ्यू हट्यो, जारी गरियो निषेधाज्ञा
- जेनजी प्रदर्शनमा ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइते
- जंगीअड्डाबाहिर सेनाको माइकिङ- भोलि बिहान सम्पर्कमा आउनुहोला

