आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत पीएनजीविरुद्धको खेलमा नेपाललाई तेस्रो झट्का लागेको छ ।
तेस्रो विकेटका रूपमा ज्ञानेन्द्र मल्ल ११ रन जोडेर आउट भएका हुन् । यसअघि कुशल मल्ल २ र कुशल भुर्तेल ४५ रनमा आउट भएका थिए ।
यो समाचार तयार पार्दासम्म २५ ओभरमा नेपालले ३ विकेट गुमाएर १४१ रन जोडेको छ ।
अर्धशतकीय योगदान गरेर आशिफ शेख क्रिजमा छन् ।

