नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरूले नामको पछाडि ‘सी’ लेख्न शुरू गरेका छन् ।
नेकपाले प्रकाशित गरेका विज्ञप्तिहरूमा नामको पछाडि ‘सी’ झुन्ड्याइएको पाइन्छ ।
शुक्रवार चार दलको मोर्चाका तर्फबाट जारी गरिएको विज्ञप्तिमा विप्लवको नामको पछाडि सी राखिएको छ ।
विप्लवले त हस्ताक्षरमा पनि सी जोडेका छन् ।
गत महिना कपिलवस्तुको शिवराजमा सम्पन्न नेकपाको नवौं महाधिवेशनको निर्णयानुसार नामको पछाडि ‘सी’ लेख्न थालिएको हो ।
महाधिवेशनले पारित गरेको विप्लवको प्रस्तावमै नामको पछाडि सी लेख्न थालिएको हो ।
जातीय विभेद अन्त्य गर्नका लागि नामको पछाडि सी लेख्न थालिएको नेकपाका एक केन्द्रीय सदस्यले जानकारी दिए ।
‘खास अर्थ त मलाई पनि थाहा भएन, तर हामीले कम्युनिस्ट र जातीय विभेद अन्त्यका लागि भनेर सी लेख्ने चलन शुरू गरेका हौं,’ उनले भने ।

