जसपाबाट उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिएका रामसहाय यादविरुद्ध उजुरी परेको छ।
उपराष्ट्रपति पदकी अर्की उम्मेदवार नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरेकी हुन्।
प्रतिनिधसभा सांसद महेश बर्तौलाले उजुरी दर्ता गरेका हुन्।
निर्वाचन आयोगले राष्ट्रपति पुरुष भइसकेपछि उपराष्ट्रपति पद महिला हुनुपर्ने व्याख्या गरेपछि शाक्यले त्यसकै आधारमा उजुरी दिएकी हुन्। यादवको उम्मेदवारी कानुनविपरीत रहेको एमालेले दाबी गरेको छ।
जसपाले यादवलाई उपराष्ट्रपति कानूनले रोक्न सक्ने भन्दै प्रमिला यादवलाई पनि अघि सारेको छ।

