आईसिसी क्रिकेट विश्वकप लिग २ को महत्वपूर्ण खेलमा नेपाललाई सुरुवाती ३ झट्का लागेको छ ।
टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ४.३ ओभरमा १२ रन जोड्दा महत्वपूर्ण २ विकेट गुमाएको हो ।
१.५ ओभरमा आशिफ शेख ५ बलमा खाता नखोली आर्यन लाक्राको बलमा आउट भए ।
४.३ तीन ओभरमा कुशल भुर्तेल १५ बलमा ८ रन बनाएर आउट भए ।
७.१ ओभरमा कुशल मल्ल पनि १५ बलमा ९ रन बनाएर आउट हुन पुगे । उनी जुनिद सिद्दिकीको बलमा आउट भएका हुन् ।
आयान अफजल खानले भुर्तेतललाई एलबिडब्ल्यूको सिकार बनाएका हुन् ।
आजको खेलमा नेपालले ज्ञानेन्द्र मल्ल र करण केसीलाई टिममा राखेको छैन । उनीहरूका ठाउँमा गुल्सन झा र ललित राजवंशीले टिममा स्थान बनाएका छन् ।
आजको खेल जिते नेपालको एकदिवसीय मान्यता जोगिनेछ । युएईलाई पनि आजको नजित्दा एकदिवसीय मान्यता यही प्रतियोगिताबाट जोगाउन कठिन पर्नेछ ।

