नवनिर्वाचित राष्ट्रपति रामचन्द पौडेलले पद तथा गोपनियताको सपथग्रहण सोमबार गर्ने भएका छन् ।
राष्ट्रपति कार्यालयमा सोमबार दिउसो १ बजे विशेष कार्यक्रममाबीच नयाँ राष्ट्रपतिले पद तथा गोपनियताको सपथ लिने कार्यक्रम रहेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले दिए ।
पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ दिलाउनेछन् ।
कांग्रेसबाट पौडेल २५ फागुनमा निर्वाचित भएका थिए ।
एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै पौडेल चौथो कार्यकालका लागि राष्ट्रपतिमा चुनिएका हुन् ।
राष्ट्रपति विद्या भण्डारी भने बुढानीलकण्ठस्थित निजी निवासमा सर्दैछिन् ।

