शुरूआतदेखि खराब ब्याटिङ गरिरहेको यूएईको विकेट झर्ने क्रम रोकिएको छैन।
लगातार विकेट झर्न यूएई दबाबमा पर्न थालेको छ। एक रन पनि नबनाई विकेट गएको यूएईएका दुई ब्याटर शून्य रनमै पेभेलियन फर्किए।
त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्ध २४९ रनको लक्ष्य पछ्याएको यूएईयले ५१ रन बनाउँदा ७ विकेट गुमाइसकेको छ।
उसका महत्वपूर्ण ब्याटरहरूले आज दोहोरो अंकमा रन बनाउन सकेनन्। उसका आर्यान लाक्रा र विर्त्या अरविन्द रन नै नबनाई आउट भए।
त्यस्तै आशिफ खानले मात्र ६ रन बनाए भने कप्तान मोहम्मद वासिम मात्र १ रन बनाएर पेभेलियन फर्किए। त्यस्तै रोहन मुस्तफाले ६ रन बनाएर आएट भए।
यूएईका आयान अफजल खानले २९ रन बनाएर आउट भए।
नेपालका ललित राजवंशीले ३ विकेट लिएका छन् भने सन्दीप लामिछानेले २ विकेट लिए।
सोमपाल, र दीपेन्द्रले एक/एक विकेट लिएका छन्।

