पपुवा न्युगिनी (पीएजनी) विरुद्ध सन्दीप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाएका छन् ।
कीर्तिपुर क्रिकेट मैदानमा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग–२ को खेलमा सन्दीपले पीएनजीविरुद्ध नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।
१३.६ ओभरमा सन्दीपले पीएनजीका सेसे बाउलाई आउट गराएका हुन् । बाउ २८ बलमा १८ रन बनाएर खेलिरहेका बेला आउट भएका हुन् ।
नेपालका लागि खेलको ३.४ ओभरमा ललित राजवंशीले १६ बलमा २ रन बनाएर खेलिरहेका किप्लिन डोरिगाको विकेट लिएका थिए ।
६.५ ओभरमा सोमपाल कामीले २२ बलमा १४ रन बनाएर खेलिरहेका हिरी हिरीको विकेट लिए ।
टस हारेपछि पहिले ब्याटिङमा उत्रिएको पीएनजीले नेपालविरुद्ध १५ ओभरमा ५३ रन बनाउँदा ३ विकेट गुमाएको छ ।
लिग २ मा नेपालले पिएनजीसँग खेलेपछि अन्तिम खेलमा यूएईविरुद्ध खेल्नेछ । यी दुवै खेल जितेमा नेपालले १ दिवसीय विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायर खेल्नेछ ।
आइतवार नेपालले यूएईलाई १७७ रनको विशाल अन्तरले पराजित गर्दै ४ वर्षका लागि १ दिवसीय मान्यता जोगाएको थियो ।

