चितवन क्षेत्र नम्बर २ मा साढे १२ बजेदेखि मतगणना शुरू हुने भएको छ ।
तीन घण्टा लामो सर्वदलीय बैठकपछि साढे १२ बजेदेखि मतगणना गर्ने सहमति भएको हो ।
चितवनमा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने, कांग्रेसबाट जीतनारायण श्रेष्ठ र एमालेबाट रामप्रसाद न्यौपानेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
मंसिरमा ४ मा रविले करीब ३५ हजार मतान्तरले यही क्षेत्रबाट चुनाव जितेका थिए ।
नागरिकता प्रकरणमा उनको सांसद पद खारेज भएपछि १० वैशाखमा उपनिर्वाचन भएको हो ।

