चितवन क्षेत्र नम्बर २ मा मतगणना शुरू भएको छ ।
आइतवार भएको उपनिर्वाचनको मतगणना सोमवार दिउँसो २ बजेपछि शुरू भएको हो ।
चितवन– २ मा रास्वपाबाट रवि लामिछाने, कांग्रेसबाट जीतनारायण श्रेष्ठ र एमालेबाट रामप्रसाद न्यौपाने मुख्य प्रतिस्पर्धामा छन् ।
यसअघि लामिछाने फराकिलो मतान्तरले विजयी भएका थिए ।
नागरिकता प्रकरणमा उनको पद खारेज भएपछि उपनिर्वाचन भएको हो ।

