जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रतिष्ठाको विषय बनाएको बारा–२ को उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादव विजयी भए । उपेन्द्र यादवसँग टक्कर लिँदै आएका राउतले चुनावमा उपेन्द्रविरुद्ध शिवचन्द्र कुशवाहालाई मैदानमा उतारेका थिए । तर कुशवाहा ५ हजार भन्दा बढी मतान्तरले हारे ।
प्रतिष्ठाको लडाइँमा पराजय बेहोरेसँगै राउतले अन्तत: नतिजा स्वीकार्दै यादवलाई शुभकामना तथा बधाई दिएका छन् ।
‘जसपाका अध्यक्ष श्री उपेन्द्र यादवज्यूलाई बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं- २ को उपनिर्वाचनमा विजयी हुनु भएकोमा उहाँलगायत जसपाका सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई हार्दिक बधाई,’ राउतले सामाजिक सञ्जालबाट बधाई दिँदै भनेका छन्, ‘जनमत पार्टीलाई मतदान गर्नुहुने र अगाध माया दिनु हुने सम्पूर्णमा कोटिकोटि प्रणाम ।’
बारा २ मा जसपाका यादव २८ हजार ४१५ मतले विजयी भए भने जनमत पार्टीका कुशवाहाले २३ हजार ३३४ मत पाए ।
मंसिर ४ को निर्वाचनमा राउतले यादवलाई हराएका थिए ।
Breaking News
- सम्पर्कविहीन प्रशासकीय अधिकृतलाई फेसबुकबाट मेयरको आग्रह- घर बस्न दिक्क भो होला, अफिस आउनुस्
- नवनिर्वाचित सांसदहरूको शपथ आज, आवश्यक कागजातसहित दुई घण्टाअगावै उपस्थित हुन आग्रह
- बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
- चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
- रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
- निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
- पर्खाइ मतदानको (तस्बिरहरू)
- विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

