पूर्वमिस नेपाल श्रृंखला खतिवडाले इन्टरनेटमा आइरहने कुराले आफू थकित भएको बताएकी छिन् । अमरिकाबाट फर्केको एक महिनापछि उनले इन्स्टाग्राममा लामो स्टाटस पोस्ट गर्दै आफ्नो वास्तविक जीवनप्रति कृतज्ञ भएको बताएकी छिन् ।
‘म यो ठाउँमा स्वतन्त्र हुन चाहन्छु तर दुःखको कुरा आज यो बिन्दु आइपुगेको छ, जहाँ म मेरो आफ्नै कथाको स्वामित्व वा नियन्त्रण गर्न सकिरहेको छैन,’ उनले लेखेकी छन्, ‘इन्टरनेटमा भएका जो कोहीले तपाईंको लागि यो गर्न सक्छन् । म यसबाट थकित छु ।’
उनले आफ्नो गति धेरै शान्त, प्रेम र प्रेरणासँगै अघि बढेको उल्लेख गरेकी छन् । ‘मेरो वास्तविक जीवन यति पूर्ण कहिल्यै भएको छैन । अफसोस, सामाजिक मिडिया उस्तै भएको छैन । म कृतज्ञ छु कि कम्तीमा म चाहेको बेला यसलाई लगअफ गरेर बन्द गर्न सक्छु,’ उनले लेखेकी छन्, ‘म मेरो वरिपरि भएका मानिसका लागि कृतज्ञ छु, म मेरो अफलाइन जीवन, मेरो वास्तविक जीवनको लागि कृतज्ञ छु । मैले मेरो सार्वजनिक भाष्य (पब्लिक न्यारेटिभ) आकार दिन सक्दिनँ भने मलाई कुनै आपत्ति छैन । यसले मलाई मेरो करिअर र मेरो व्यक्तिगत जीवनलाई आकार दिने ठाउँ दिएको छ ।’

