काठमाडौँ– इनफ इज इनफको अगुवाइमा काठमाडौँ महानगरका मेयर बालेन्द्र साहको विरोध कार्यक्रम गरिएको छ। महानगरमा महानगर प्रहरीहरूको दमन बढेको भन्दै इनफ इज इनफले बुधबार बिहान महानगरको कार्यालयअघि शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो।
मेयरबाट जवाफदेहिताको मागसहित नगर प्रहरीको ज्याजती रोक्नुपर्ने भन्दै प्रदर्शन गरिएको हो। गैरकानुनी कदम तथा ठेला-गाढा, साना सडक व्यापारीहरुको उचित व्यवस्थापनका लागि पनि प्रदर्शनले माग गरेको छ।
प्रदर्शनकारीहरूले काठमाडौँ महानगरअघि मेयर बालेनले नै रिमेक गरेको गीत ‘गरीबको चमेली बोल्दिने कोही छैन’ गीत गाएका थिए। वउनीहरूले विभिन्न ब्यानर र पम्लेट लिएका थिए।











![बालेनको गीत गाएर महानगरअघि प्रदर्शन [तस्बिरहरू]](https://patrikapress.com/wp-content/uploads/2023/07/IMG_7390-768x512.webp)