चितवन , जेठ ५ – यही जेठ २४ गते औँसीका दिन शनि जयन्तीको अवसर पारी माडीको देवेन्द्रपुरस्थित शनि मन्दिरमा नवौं शनि जयन्ती तथा विविध सांस्कृतिक कार्यक्रम–२०८१ आयोजना हुने भएको छ । विगतका वर्षमा जस्तै यसवर्ष पनि विविध कार्यक्रमका साथमा सञ्चालन हुने भएको हो ।
कार्यक्रममा राष्ट्रिय लोकदोहोरी कलाकारहरुको प्रस्तुति रहने तथा खुला भजन प्रतियोगिता भलिबल प्रतियोगिता लगाएत अन्य प्रतियोगिता समेत सञ्चालन हुने शनि मन्दिरका धार्मीक अभियान्ता तथा अध्यक्ष युवा पण्डित सुदर्शन सुवेदीले बताए । सोही कार्यक्रममा मन्दिरको स्थापनाकालका सहयोगीहरुलाई सम्मान समेत गरिने उनले बताए । साथमा कलाकारको पनि प्रस्तुति रहने उनले बताए । माडीको धार्मिक पर्यटन प्रवद्र्धनका लागि शनि जयन्तीका अवसरमा विविध सांस्कृतिक कार्यक्रम गर्न लागिएको उनको भनाइ छ ।
कार्यक्रम सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरिएको छ । जसमा प्रचारप्रसार संयोजकमा शोभाखर सुबेदी, आर्थिक समिति संयोजकमा जगतराज अधिकारी, पार्किङ व्यवस्थापन संयोजकमा भुवानीप्रसाद आचार्य, खेलकुद समितिको संयोजकमा कुल प्रसाद अधिकारी, स्वयंसेवक समितिको संयोजकमा कृष्ण प्रसाद पौडेल, बजार व्यवस्थापन समितिको संयोजकमा बिष्णु प्रसाद काफ्ले अतिथि सत्कार समितिको संयोजकमा कमला काफ्ले, सरसफाइ समितिको संयोजकमा तिल कुमारी थापा तथा मंच व्यवस्थापन समितिको संयोजकमा कमला काफ्ले रहनु भएको छ।
शनिको पूजा गर्नाले नौ ग्रहशान्ति हुने, अधुरा कामहरु बन्ने, घरपरिवारमा शान्ति छाउनेजस्ता विश्वास रहिआएको छ । हिन्दुधर्ममा शिवलिङ्गको दर्शन गर्नाले सन्तान नभएकालाई सन्तान हुनेजस्ता धार्मिक मान्यताहरु रहँदै आएको मन्दिरका संरक्षक तथा युवा पण्डित सुदर्शन सुवेदी बताउँछन् । शनिको पूजा शनिबारमात्रै गरिने हुँदा विभिन्न ठाउँहरुबाट आउने भक्तजनहरुको सो शनिबारका दिन बाक्लो उपस्थिति रहने गर्दछ ।
सो मन्दिर क्षेत्रवरपर विभिन्न मनमोहक दृश्य, काठबाट निर्मित कलाकृतिहरु र प्राकृतिक सौन्दर्यहरु देख्न सकिन्छ भने माडी उपत्यकालाई देख्न सकिने गरी भ्यू–टावरको निर्माण पनि हालका दिनमा गरिएको छ । शनि मन्दिरको नजिकै १०८ वटा शिवलिङ्गको निर्माण गरिएको छ भने माडीकै ठूलो र अग्लो त्रिशूलसमेत सो क्षेत्रमा निर्माण गरिएको छ ।
देवेन्द्रपुर बजारबाट करिब एक किमी दक्षिणतर्फ रहेको यो क्षेत्र धार्मिक तथा ऐतिहासिकस्थलको रुपमा परिचित रहँदै आएको छ ।
Breaking News
- सम्पर्कविहीन प्रशासकीय अधिकृतलाई फेसबुकबाट मेयरको आग्रह- घर बस्न दिक्क भो होला, अफिस आउनुस्
- नवनिर्वाचित सांसदहरूको शपथ आज, आवश्यक कागजातसहित दुई घण्टाअगावै उपस्थित हुन आग्रह
- बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
- चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
- रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
- निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
- पर्खाइ मतदानको (तस्बिरहरू)
- विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

