चितवन , जेठ ५ – रगत अभावलाई परिपुर्ती गर्न मिसन रेड अभियान अन्तरगत ब्लड डोनर्स सोसाइटी नेपालका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका हरिप्रसाद न्यौपाने र सुशिला गौतम न्यौपाने दम्पत्तीले बैवाहिक वर्षगाठको अवसर पारी रक्तदान अभियान थाल्नुभएको छ । आज शनिबार न्यौपाने दम्पतीले भरतपुर स्थित प्रार्देशिक रक्त संचार केन्द्रमा रगत दिएर आभियान सुरु गर्नु भएको हो ।
पहिलोपटक बैवाहिक वर्षगाठमा दुवैजनाले रक्तदान गरेर सुरुवात भएको सो अभियान अन्तरगत शनिवार आज एकैदिन एक सय जना रक्तदाताले रक्तदान गरेका छन् । बरिष्ठ उपाध्यक्ष न्यौपानेले आफ्नो बैवाहिक वर्षगाँठमा रगत दिएर कसैको जीवन बचाउन पाउँदा खुशी लागेको र रक्तदानको अभियानमा जोडिन सबैलाई अनुरोध गर्नु भयो । उहाँले शुभ कार्यमा सबैलाई रक्तदान गर्न प्रेरणा दिने उद्देश्यले रक्तदान अभियान थालिएको बताउनुभयो ।
सामाजिक अगुवा तथा रक्तदान उत्प्रेरक सुशिला गौतम न्यौपानेले यो पुनित र सामाजिक काममा आफू पनि सहभागी हुन पाएकोमा गर्व महसुस भएको बताउदै आगामी दिनमा अझ ससक्त रुपमा अगाडी बढने प्रेरणा मिलेको बताउनु भयो । वरिष्ठ उपाध्यक्ष न्यौपानेले यसअघि विभिन्न सामाजिक अभियान अन्तरगत रक्तदान कार्यक्रम लाई अगाडी बढाउनुका साथै आफ्नो बुवाको १३औं दिनको पूण्यतिथिमा समेत रक्तदान कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

