टी–२० क्रिकेट विश्वकपको आफ्नो अन्तिम खेलमा बंगलादेशविरुद्ध नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेका छन् । यससँगै टेस्ट टोली बंगलादेश १०६ रनमै समेटिएको छ ।
सेन्ट भिसेन्टमा सोमवार बिहान जारी खेलमा नेपाली बलरसामु बंगलादेशका ब्याटर निरीह बनेका बने ।
टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले पूरा ओभर पनि खेल्न सकेन । उ १९.३ ओभरमा सबै विकेट गुमाएर १०६ रनमा सीमित भएपछि नेपालले १०७ रनको झिनो लक्ष्य पाएको छ ।

