चितवन,असार १२-चितवनको भरतपुरमा एक युवा मृत अबस्थामा भेटिएका छन । माडी नगरपालिका ६ बस्ने २३ वर्षिय अखिल सापकोटा भरतपुर ७ स्थित चितवन फुटसल एण्ड स्पोर्टस जोन भित्रको कोठामा मृत फेला परेका हुन । घोप्टो परेर सुतेको अवस्थामा सापकोटा मृत फेला परेको प्रहरीले जनाएको छ ।
हिजो बेलुका १० बजे सापकोटालाई साथीहरुले मृत देखेपछी प्रहरीलाइ खबर गरेका थिए । अहिले प्रहरी घटनास्थलमा पुगेर मुचुल्का तयार गर्ने लगायतको अनुसन्धानका काम गरिरहेको छ । मृतकको मुखबाट रगत आएको देखिएको प्रहरीले जनाएको छ । मृत्युको कारण थप अनुसन्धान हुन बाँकी रहेको छ ।

