एक घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा भने चितवनको गोविन्द बस्ती स्टेसनमा रेकर्ड भएको छ । त्यहाँ ३३.८ मिलिमिटर वर्षा मापन भएको छ । चितवनकै कल्याणपुरमा २३.२ मिलिमिटर वर्षा भएको छ ।
गोविन्दबस्तीपछि सबैभन्दा धेरै वर्षा यस्तै नवलपरासीको डण्डामा भएको छ । त्यहाँ एक घण्टाकै अवधिमा २७.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।
महोत्तरीको गौशालामा २१.२, पोखराको लामपाटनमा १८.८, कञ्चनपुरको शान्तिपुरमा ११.६ र सोलुखुम्बुको पेकरनास स्टेसनमा ११.४ मिलिमिटर वर्षा एक घण्टाको अवधिमा भएको छ ।

