चितवन , असार १२ – चितवन माडीकाे मगाेई खाेला तर्ने क्रममा आज दिउसो खाेलाले बगाउँदा एकजना ब्याक्ती वेपत्ता भएका छन् ।
बसन्तपुबाट खैरहनी जाने क्रममा माडी नगरपालिका ५ छरछरे निवासि ४५ बर्षका रण बहादुर कामी बेपत्ता भएका हुन् । आज दिउसाे १:२० बजेकाे समयमा खाेला तर्ने क्रममा बाढीले बगाएकाे हाे । उनकाे खाेजि कार्य भइरहेकाे इलाका प्रहरी कार्यलय बसन्तपुर माडीले जनाएकाे छ ।
माडीमा विहानै देखि वर्षा भैरहेकाे छ । वर्षाका कारण माडीका खोलाहरुमा आएकाे बाढीले भरतपुर, माडी ठोरी तर्फ जाने सवारी साधनहरु समेत चल्न सकेका छैनन ।

