काठमाडौँ , असार २२ – लगातारको झरीका कारण बाक्लो कुहिरो र हुस्सु लागेपछि अधिकांश आन्तरिक उडान स्थगित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आन्तरिकतर्फका विराटनगर, भैरहवा, झापा भरतपुरका उडानहरू प्रभावित भएका छन् ।
माउन्टेन फ्लाइटका उडान स्थगित भएका छन् । उडान हुन नसकेपछि विभिन्न ठाउँ जानका लागि विमानस्थल पुगेका यात्राहरूको प्रतीक्षालयमा भीड लागेको छ ।

