भरतपुर,भदौ २-
चितवनका दुई भलिबल खेलाडिलाई पूर्वमन्त्री तथा चितवन क्षेत्र नम्वर ३ का सांसद विक्रम पाण्डेले सम्मान गर्नुभएको छ । आज (आइतबार) आफ्नै निवासमा उनिहरुलाई नगदसहित सम्मान गर्नुभएको हो । चितवन भरतपुर २७ की संगम महतो र भरतपुर २५ की आरती सुवेदीले अन्तर्राष्ट्रय भलिबल प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेका थिए । आफ्नो निर्वाचन क्षेत्रका खेलाडिको हौसला प्रदानका लागि सांसद पाण्डेले उनिहरुलाई सम्मान गर्नुभएको राप्रपा महानगर सचिव सुलभ सिग्देलले जानकारी दिनुभयो ।
सो अवसरमा पाण्डेले खेलकुद मार्फत चितवन र देशकै नाम बिश्वमा फैलाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै खेलाडिको प्रशंसा गर्नुभयो । उहाँले खेलकुद क्षेत्रको विकासबाट मात्रै देशलाई बिश्वमा चिनाउन सम्भव रहेको भन्दै गाउँगाउँबाट खेलाडि उत्पादन गर्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय नेपालको खेलकुद क्षेत्र चलायमान भएको भन्दै राज्यले पनि बिशेष ध्यान दिनुपर्ने बताउनुभयो । सो अवसरमा राप्रपा सहमहामन्त्री रिना गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

