चितवन, भदौ ७ – भारतको गढ्वालमा गएको पहिरोमा परी चितवनको माडीका ३ जनाको मृत्यु भएको छ ।
भारतको उत्तराखण्ड राज्यस्थित गढ्वालमा गएको पहिरोमा परी माडी-२ सितलपुरका अन्दाजी ५८ बर्षका तुलबहादुर दमै, माडी-१, भङ्गताका अन्दाजी २६ बर्षका कृष्ण बहादुर परियार र माडी-५, छरछरेका २८ बर्षका पूर्ण बहादुर नेपालीको मृत्यु भएको हो ।
पछिल्लो ६ महिनादेखि सडक निर्माण मजदुरका रुपमा गढ्वाल क्षेत्रमा कार्यरत उनीहरु बुधबार पहिरोमा परेका थिए । मृतकका शवहरू हाल पोष्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको र आगामी ३ दिनपछि माडी ल्याउने मृतकका परिवारले जनाएको छ ।

