चितवन , भदौ १९ – श्रमजीवि पत्रकारहरुको सबैभन्दा ठूलो संगठन प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले नेपाली महिला दिदिवहिनीहरुको सबैभन्दा ठूलो पर्व हरितालिका तीजका अवसरमा देवघाटको आश्रममा रहेका वृद्धावृद्धाहरुलाई दर खुवाएको छ ।
सदाका बर्ष जस्तैं गरी देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा आश्रित वृद्ध बुवाआमाहरुलाई आज वुधवार दर खुबाएको प्रेस चौतारी चितवनले जनाएको छ । नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आश्रममा रहेका ३३ जना वृद्ध बा आमाहरुलाई दर खुवाइएको थियो । एमाले चितवनका अध्यक्ष कमलराज पाठकले प्रेस चौतारी चितवनले चाडपर्वका बेलामा आश्रममा रहेका बाआमालाई सम्झेर दर खुवाउने कार्यक्रम गरेको देख्दा खुसी मिलेको बताए । चौतारीले रचनात्मक र सिर्जनशील काम गरेको भन्दैं पाठकले चौतारीलाई धन्यवाद दिए । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य प्रकाशचन्द्र भट्टराईले पत्रकारहरुको संगठन प्रेस चौतारीले हरेक बर्ष देवघाटमा आएर यसरी आश्रमका बाआमालाई दर खुवाउने कामले प्रेरणा मिल्ने बताए । उनले चौतारी चितवनले देश कै पहिलो घर बनाउन लागेको बधाईसमेत दिए । यस्तैं, चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले पत्रकारहरुको काम समाचार लेख्ने भए पनि चौतारीले सामाजिक सेवामा समेत आफूलाई निरन्तर रुपमा उभ्याएको बताए । परिवारबाट टाँडिएर वा विभिन्न कारणले बेसहरा बनेर देवघाटको सरकारी आश्रममा आइपुगेका बुवाआमालाई हरेक बर्ष चौतारी चितवनले दर खुवाएको स्मरण गर्दै अध्यक्ष पण्डितले आश्रममा आश्रित वृद्धवृद्धाका पनि आफन्त कोही छन् है भनेर चौतारी आएको बताए । पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारीले प्रेस चौतारीले वृद्धवृद्धालाई सम्झेर दर खुवाउने काम गरेकोमा खुसी ब्यक्त गर्दै धन्यवाद दिए । उनले आफूले मात्रै दर खाने र खुवाउने नगरी समाजमा असहाय वृद्धवृद्धा तथा सिमान्तकृत समुदायलाई पनि सकेको सहयोग गर्नुपर्ने बताए । प्रेस चौतारी चितवनका उपाध्यक्ष कृष्ण आचार्यले स्वागत गरेको सो कार्यक्रमको सञ्चालन सचिव धु्रवराज खनालले गरेका थिए ।
सो आश्रममा ३३ जना वृद्धवृद्धाहरु आश्रित छन् । सरकारी तहबाट आश्रम सञ्चालनमा रहे पनि आश्रित वृद्धावृद्धाहरुको पालनपोषणमा रकम नहुँदा समस्या हुँदै आएको छ । दाताहरु कै भरमा आश्रममा रहेका वृद्धवृद्धा तथा असहायहरुलाई खाना खुवाउने तथा अन्य सहसहयोग हुँदै आएको छ ।
Breaking News
- धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले दिए राजीनामा, हिमालयन सेक्युरिटिजलाई स्पष्टीकरण
- यात्रुबाहक बसको ठक्करबाट युवतीको मृत्यु
- बिक्रमबाबा मेलाको फोहोर व्यवस्थापनः सरोकारवालाहरुले उचित ध्यान पुर्याउन नसकेको अध्ययन टोलीको निष्कर्ष
- विद्यालयबाट कलम किन्न भनेर निस्किएका दुई बालकको नारायणीमा डुबेर ज्यान मृत्यु
- पूर्वप्रधानमन्त्री ओलीलाई भर्चुअल रूपमा अदालत उपस्थित गराइने
- सम्पर्कविहीन प्रशासकीय अधिकृतलाई फेसबुकबाट मेयरको आग्रह- घर बस्न दिक्क भो होला, अफिस आउनुस्
- नवनिर्वाचित सांसदहरूको शपथ आज, आवश्यक कागजातसहित दुई घण्टाअगावै उपस्थित हुन आग्रह
- बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

