चितवन, असोज ३ – माडीका चर्चित सञ्चारकर्मी, व्यङ्ग्य कलाकार, दोहोरी गायक एवं शिक्षक भुपराज पाठक हिरामती देवकोटा स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
सामुदायिक रेडियो माडीको पाँचौं साधारणसभा एवं अधिवेशनका अवसरमा पाठकलाई दश हजार रुपैंया नगद र सम्मान-पत्र सहित सो सम्मान अर्पण गरिएको हो ।
हिरामती देवकोटा पत्रकारिता पुरस्कार अक्षयकोषका संस्थापक समेत रहनुभएका सामुदायिक रेडियो प्रशारक संघ (अकोराब)का बरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटाले कलाकर एवं पत्रकार पाठकलाई सो सम्मान प्रदान गर्नुभएको हो ।
हाल दिवाकर स्मृति माध्यमिक विद्यालयमा कार्यरत पूर्णकालीन शिक्षक रहनुभएका पाठकले ब्रेल लिपीबाट समाचार वाचन गर्ने गर्नुएको थियो भने उहाँको व्यङ्ग्यात्मक अडियो कार्यक्रम देशका विभिन्न रेडियोहरुबाट प्रशारित हुनेगरेको थियो ।उहाँ नेपाल पत्रकार महासंघ चितवनको कार्यसमिति सदस्य समेत रहनु भएको छ ।

