नेकपा (एमाले) को अध्यक्षमा उम्मेदवारी दिएका ईश्वर पोखरेलले पार्टीलाई विधि पद्धतीमा हिँडाउन नेतृत्व लिन चाहेको बताएका छन्।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले पार्टीलाई नयाँ ढंगबाट सञ्चालन गर्नुपर्ने र सामूहिक नेतृत्व अन्तर्गत चल्नुपर्ने बताए।
‘मेरो उम्मेदवारी भनेको पार्टीको नीति पद्धतीभित्र रहेर प्रतिस्पर्धाको कुरोलाई पहल आत्मसाथ गरेर उम्मेदवारी दिएको हो’ उनले भने, ‘मेरो उम्मेदवारीले पार्टीलाई नयाँ ढंगले चलाउनु पर्छ। विधि पद्धतीमा चलाउनुपर्छ। पार्टी सामूहिक नेतृत्व अन्तर्गत चल्नुपर्छ।’
पोखरेलले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्यानलसहित उम्मेदवारी दिएका हुन्।

