प्यानलसहित प्रतिस्पर्धामा उत्रिएको ईश्वर पोखरेल समूहले आफ्ना उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ ।
पोखरेल अध्यक्षको उम्मेदवार रहेको उक्त समूहले उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, डा. विन्दा पाण्डे र पर्शुराम मेघी गुरुङलाई उपाध्यक्षमा अगाडि सारेको छ ।
यस्तै, महासचिवमा सुरेन्द्र पाण्डे तथा उपमहासचिवमा योगेश भट्टराई, वैजनाथ चौधरी र आनन्द पोखरेल उम्मेदवार बनेका छन् ।
यसैगरी, सचिवमा अग्नि खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, गोकुलप्रसाद बास्कोटा, ठाकुरप्रसाद गैरे, पुरुषोत्तम पौडेल, रचना खड्का र विनोद ढकाललाई अगाडि सारिएको छ ।
यो समूहले केन्द्रीय सदस्यमा केपी शर्मा ओली (अध्यक्षका प्रत्यासी)देखि शंकर पोखरेल (महासचिवका प्रत्यासी)लाई समेत मत दिनेगरी आफ्नो सूचीमा राखेको छ ।

