गैंडाकोट, नेपाल कम्युनिस्ट पार्टी (एमाले) नवलपुर क्षेत्र नं.-१ प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्ण पौडेलले नवलपुरको सुकुम्बासी समस्या समाधान गर्ने काम पहिलो प्राथमिकता रहेको बताएका छन । गैंडाकोट नगरपालिका वडा नं.-१ मा आयोजित घरदैलो कार्यक्रमका क्रकमम एमालेको सरकार हुदा बनेको भूमि आयोगले नवलपुरका सबै सुकुम्बासीको तथ्यांक संकलन कार्य पुरिसकेको र एमालेको सरकार आए लगत्तै लालपुर्जा प्रदान गर्ने बताएका छन । एमाले जनताको पार्टी रहेको र एमालेको सरकारले मात्र सुकुम्बासी समस्या समाधान गर्ने बताउदै २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुदा ६० हजार लालपुर्जा वितरण , विचमा पनि बने काम भएन र २०७४ केपि ओलि प्रधानमन्त्री हुदा देवि ज्ञावलीको अध्यक्षतामा भुमि आयोग गठन भयो र सबै तथ्यांक संकलन गरियो र वितरणको तयारीमा हुदाँ सरकार ढल्यो जसले गर्दा लालपुर्जा वितरण गर्न पाएनौं अब नेकपा (एमाले) को सरकार आए हामी लालपुर्जा प्रदान गर्ने र यो पहिलो प्राथमिकता भएको बताएका हुन् ।
Breaking News
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?
- सिमसार स्वास्थ्य सम्वन्धी कार्यक्रम सम्पन्न
- आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै

