शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले शिक्षा क्षेत्रको रुपान्तरणका लागि सबैसँग सहकार्य गरी अघि बढ्ने बताएका छन् । काठमाडौँ तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका संस्थापक व्यवस्थापन समितिका अध्यक्ष स्वर्गीय ढकालध्वज थापाको प्रतिमा अनावरण तथा सम्मान कार्यक्रममा बोल्दै उनले नेपालको शिक्षा जटिल अवस्थामा रहेको र यसलाई रुपान्तरण गर्नका लागि अग्रज तथा विज्ञहरुसँग छलफल र समन्वय गर्ने बताए ।
“मुलुकको शिक्षा जटिल अवस्थामा छ, शिक्षा क्षेत्रमा ठूलो संरचना निर्माण गर्नुपर्नेछ”, उनले भने, “विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्याउन र गुणस्तर बढाउने विषयमा काम गर्नेछु ।” उनले शिक्षाको गुणस्तरीयतासँगै ८० लाख विद्यार्थी र ४/५ लाख शिक्षक व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए ।
Breaking News
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?
- सिमसार स्वास्थ्य सम्वन्धी कार्यक्रम सम्पन्न
- आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै

