अमेरिकाले आफ्नो लडाकु विमान किन्न प्रस्ताव गरेर भारतलाई रुसबाट अलग गराउने प्रयास थालेको छ। भारतलाई यतिबेला पाकिस्तान र चीनको तीव्र आधुनिकीकरण भइरहेको वायु सेनासँग प्रतिस्पर्धा गर्नुपर्ने आवश्यकता छ।
यही महिना बेंगलुरुमा आयोजित यस वर्षको एरो इन्डिया डिफेन्स शोमा अमेरिकाले पहिलो पटक आफ्नो सबैभन्दा आधुनिक लडाकु विमान एफ–३५ का साथमा एफ–१६ र बी–१बी बमवर्षक विमान पनि ल्याएको छ।
उक्त शोको २७ वर्षे इतिहासमा यसपालि अमेरिकाबाट सबैभन्दा ठूलो प्रतिनिधिमण्डल सहभागी भएको छ। यसलाई दुई देशबीचको बढ्दो रणनीतिक सम्बन्धको संकेत मानिएको छ। दशकौँदेखि भारतको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता रुसबाट यसपटक नाम मात्रको उपस्थिति थियो। जसले विमान, ट्यांक, रेडार र ट्रकको नमुना मात्र प्रदर्शन गर्यो।
यद्यपि रोयटर्सका अनुसार गएको पाँच वर्षमा रुसले भारतलाई १३ अर्ब डलरको हतियार आपूर्ति गरिसकेको छ। अर्कोतिर सो अवधिमा अमेरिकाले भारतलाई ६ अर्ब डलरको हतियार बेच्ने निर्णय अनुमोदन गरेको छ।
अमेरिकाले भारतलाई हतियारमा रुसमाथिको निर्भरताबाट बाहिर निकाल्ने कोसिस गरेको यो पहिलो पटक होइन। भारतको नौसैनिक विमानको एउटा प्रतिस्पर्धी अमेरिकाको एफ÷ए–१८ पनि हो। जसले फ्रान्सको राफेलसँग स्पर्धा गर्दैछ। जमिनबाट उड्ने राफेल त भारतले किनिसकेको छ।
२०१९ मा पनि अमेरिकाले भारतलाई ११० वटा एफ–२१ विमान बेच्न खोजेको थियो। सो रिपोर्टमा एफ–१६ लाई एफ–२२ र एफ–३५ को प्रविधिमार्फत स्तरोन्नति गरेर एफ–२१ विमान तयार गरिएको उल्लेख थियो।
यसपालि अमेरिकाले बेच्न खोजेको एफ–३५ विमान क्षमतावान् भए पनि त्यसले भारतको खासखास आवश्यकता पुरा नगर्न सक्छ।
जुन २०२० मा हारुन आइदिनले टाढाटाढाको मिसनका लागि भनेर बनाइएको एफ–३५ सीमा सुरक्षामा जोड दिने भारतीय सैन्य सिद्धान्तसँग मेल नखाने उल्लेख गरेका थिए। उनले सो विमान बलियो प्रतिरक्षा भएको दुश्मनको हवाई क्षेत्र भेद्न स्टिल्थ प्रविधिसहित तयार गरिएको हुनाले भारतको सीमित बजेटका लागि त्यो अति महंगो भएको बताएका थिए।

त्यसविपरीत रुसले आफ्नो हतियार बिक्रीमा कुनै राजनीतिक सर्त नजोडिएको दाबी गर्छ। जसले गर्दा रुस भारतका लागि आकर्षक विकल्प बनेको छ। टेलिसले उल्लेख गरेअनुसार भारत अमेरिकाको ग्राहकभन्दा पनि साझेदारका रुपमा सहकार्य गर्न चाहन्छ। र, ऊ अमेरिकालाई आफ्ना कयौँमध्ये एक रणनीतिक साझेदार मान्छ, एक मात्र होइन।
तर, जारी युक्रेन युद्धले रुसी हतियारको गुणस्तरमाथि शंका पैदा गरेको छ। विदेशी ग्राहकले दिएको अर्डरमा निर्मित हतियार युद्ध मैदानतर्फ पठाइने, नाकाबन्दीका कारण रुसले अर्डरअनुसारको हतियार दिन नसक्नेजस्ता सम्भावना पनि छन्।
मार्च २०२२ मा भारतले १२ वटा एसयू–३०एमकेआई लडाकु विमानको अर्डर दिएको थियो। तर, दुई महिनापछि पार्टपुजा उपलब्ध गराउन नसक्ने र भुक्तानीमा पनि समस्या हुने भन्दै त्यसलाई रद्द गरियो।
त्यसैले, भारतलाई यतिबेला लडाकु विमान प्राप्तिका लागि सहयोग आवश्यक हुन सक्छ। तर, चीन र पाकिस्तानसँग स्पर्धा गर्न, आफ्नो हतियारको स्रोत विविधिकरण गर्न, स्वदेशी विमान विकास गर्न र उसले लामो समयदेखि महत्व दिँदै आएको रणनीतिक स्वायत्ततालाई कायम राख्न पनि एफ–३५ भन्दा अरु गतिला विकल्प हुन सक्छन्।