राष्ट्रपति निर्वाचनमा मतदान सकिएको पौने १ घण्टापछि शुरू भएको मतगणना चलिरहेको छ।
बिहान १० बजे शुरू भएको मतदान दिउँसो पौने ३ बजे सकिएको थियो।
राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।
बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा मतदान सकिएसँगै मतगणना कार्य शुरू भएको थियो।
साँझ ७ बजेभित्र मतपरिणाम घोषणा गर्ने गरी तयारी गरिएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिएकी छन्।
निर्वाचनमा कुल मतदाता संघीय संसद्तर्फ ३१३ र प्रदेशसभा सदस्य ५१८ मत खसेको थियो।
संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम छ ।
पौडेललाई ११ दलको समर्थन प्राप्त छ । यसैले नतिजा उनको पक्षमा पर्ने सम्भावना देखिएको छ।
मतगणना ७ बजेभित्रै सकेर आजै विजेतालाई आजै प्रमाणपत्र वितरण गर्ने तयारी छ ।

