राष्ट्रिय जनमोर्चाले केन्द्रीय उपाध्यक्ष जनकराज शर्मालाई चितवन २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ । जनमोर्चाले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग प्रतिस्पर्धा गर्न शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उपनिर्वाचनको प्रचारप्रसारलाई व्यवस्थित बनाउन महासचिव मनोज भट्टको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।
जनमोर्चाले सो उपनिर्वाचनलाई नेपालमा बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव र इशाईकरणका विरुद्ध भण्डाफोर अभियानका रूपमा उपयोग गर्ने निर्णय पनि गरेको छ ।

