काठमाडौं। बहुचर्चित सामाजिक सञ्जाल ट्विटरले आफ्नो लोगो परिवर्तन गरेको छ। सीईओ एलन मस्कले ट्विटरको एक अर्को अनपेक्षित परिवर्तन गरेका हुन् ।
यो सँगै ट्विटरबाट नीलो चरा गायब भएको छ। ट्विटरको लोगोमा पहिलो रङ्गको कुकुरको चित्र ल्याइएको छ।
ट्विटरको निकै सुन्दर तथा आइकनिक निलो चराको लोगोको ठाउँमा कुकुरको पहेँलो तथा सुन्तला रङको तस्वीर देखा परेसँगै प्रयोगकर्ताहरू अचम्मित भएका छन्।
मस्कले एउटा ट्विटरमार्फत ट्विटरको लोगो उक्त डगी नै भएको पुष्टि गरेका छन्। मस्कले क्रिप्टोकरेन्सी डोजेक्वाइनमा रहेको कुकुर अर्थात् डगीको मिमलाई नै ट्विटरको लोगो बनाएका हुन्।
अब ट्विटरमा लगअन गर्ने बित्तिकै एकछिन त्यही कुकुरको चित्र देखिनेछ। साथै ट्विटर होमपेजको माथिल्लो बायाँपट्टि रहेको लोगोमा पनि शिवा तथा काबोसु नामक उक्त कुकुरको चित्र नै देखिन थालेको छ।
यो परिवर्तन हाल ब्राउजरमा देखिएको छ। मोबाइल एपमा भने पुरानै निलो रङ्गको चरानै देखिन्छ।

