बलियो टोली ओमानविरुद्ध नेपाली ब्याटरहरूले संघर्ष गरिरहेका बेला युवा ब्याटर कुशल मल्लले आक्रामक अर्धशतक प्रहार गरेका छन् ।
नेपाली पारीलाई संकटबाट माथि उतार्ने प्रयासस्वरूप मल्लले ३० बलमा ५० रनको आँकडा पार गरेका हुन् ।
यसअघि भीम सार्की ३३ रन बनाएर आउट भएका थिए । ५६ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे ।
कप्तान रोहित पौडेल २३ रन बनाएर आउट भए । त्यसक्रममा ३४ बल खेलेका रोहितले २ चौका प्रहार गरे ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले रनको खाता नखोल्दै दुवै ओपनरलाई गुमाएको थियो ।
कुशल भुर्तेल ८ बल खेलेर खाता नखोली आउट हुँदा १० बल खेलेका आसिफ शेखले पनि रन जोड्न सकेनन् ।
यो समाचार तयार पार्दा ३० ओभरको समाप्तिमा ४ विकेट गुमाएर १४२ रन जोडेको छ ।
खेललाई आईसीसीले एक दिवसीय मान्यता समेत दिएको छ ।
यसअघि भएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पराजित गरेको थियो । ओमान पनि आफ्नो पहिलो खेलमा विजयी भएको थियो ।
प्रतियोगितामा सहभागी १० टीमलाई दुई समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको विजेताले भारत र पाकिस्तानको समूहमा रहेर एसिया कप खेल्नेछ ।

