चितवन, वैशाख ११–
चितवन क्षेत्र नं २ को मतगणना सुरु गर्न आज बिहान ८ बजेको लागि बोलाइएको सर्वपक्षीय बैठक अझै बस्न सकेको छैन । दलका प्रतिनिधिहरु मतगणना स्थलमा नपुगेपछि सर्वपक्षीय बैठक बस्न ढिलाई भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ८ बजे बस्ने गरी बैठक आह्वान गरेको थियो । चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतगणना हुँदै छ ।

