प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको आजै अन्त्यष्टि गरिने भएको छ । दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहालको अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार अन्त्यष्टिअघि ११ बजेदेखि १ बजेसम्म सीताको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि माओवादी पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ ।
दाहालको आज (बुधवार) बिहान ८:३३ मिनेटमा बजे थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको थियो ।

