प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको शव अन्तिम संस्कारका लागि पशुपति आर्यघाट पुर्याइएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दुई घण्टा श्रद्धाञ्जलीका लागि राखेपछि दाहालको शव पशुपति पुर्याइएको हो ।
पशुपतिमा उनको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने छ । आजै बसेको मन्त्री परिषद् बैठकले दाहालको अन्त्येष्टिमा राजकीय सम्मान स्वरूप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको थियो ।
दाहालको आज बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।

