विश्वका शक्तिशाली पासपोर्ट (राहदानी)हरूको सूचीमा नेपाल ९८औं स्थानमा परेको छ । ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले गरेको सर्वेक्षणमा विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाली पासपोर्ट अन्तिमबाट आठौं स्थानमा परेको हो ।
कुनै पनि देशका नागरिकले विश्वमा भिसा प्राप्त सक्ने क्षमताका आधारमा यो सूची तयार गरिएको हो । विश्वका पासपोर्टमध्ये कुन पासपोर्टले कति देशमा फ्री भिसा र भनेकै बेला भिसा पाएर प्रवेश गर्न सकिन्छ भन्ने आधारमा सूचकांक तयार पार्ने गर्छ
अन्तिमबाट ९८औँ स्थानमा रहेको नेपालको पासपोर्टले ३८ देश तथा क्षेत्रमा प्रवेश पाउन सकिन्छ ।
सबैभन्दा अन्तिममा अफगानिस्तानको पासपोर्ट रहेको छ ।
सन् २०२३ का लागि सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली घोषित भएको छ । एक नम्बरमा रहेको सिंगापुरको पासपोर्टले १९२ देश तथा क्षेत्रमा प्रवेश गर्न सकिन्छ । १९० देश प्रवेश पाउने जमर्नी, इटाली र स्पेनको पासपोर्ट दोस्रो स्थानमा छन् ।
दक्षिण कोरिया र जापानको १८९ देशमा पहुँच पाउने पासपोर्ट तेस्रो स्थानमा छ । अमेरिकाको पासपोर्ट आठौँ स्थानमा रहेको छ भने यसले १८४ देश तथा क्षेत्रमा प्रवेश गर्न सकिन्छ ।


![नेपालको पासपोर्ट कम शक्तिशालीको सूचीमा उल्टोबाट आठौंमा, सिंगापुरको विश्वकै शक्तिशाली [सूची]](https://patrikapress.com/wp-content/uploads/2023/07/passport_1un1VDbUwf.jpg)