५ दिनदेखि रोकिएको फोहोर विसर्जनका लागि प्रहरी पुगेपछि नुवाकोटको बञ्चरेडाँडाका स्थानीय आक्रोशित बनेका छन् ।
नुवाकोट र धादिङको सीमा पर्ने ढाँडे बजारमा स्थानीय विरोधमा उत्रिएका हुन् ।
साउन १ गतेदेखि फोहोर विसर्जन हुन नसकेपछि काठमाडौंका सडकमा फोहोर थुप्रन लागेको छ । फोहोर उठ्न नसकेपछि काठमाडौं महानगरले फोहोर विसर्जन गर्न प्रहरीको सहयोग माग गरेको थियो । त्यसपछि शुक्रवार दुई ट्रक प्रहरीसहित फोहोर बोकेका गाडी पुगेका थिए ।
आन्दोलनरत एक स्थानीय महिलाले विगतको सहमति कार्यान्वयन गर्ने प्रतिबद्धतासहित काठमाडौं महानगरका मेयर बालेन साह आउनु पर्ने बताइन् ।
विगतमा भएको सहमति कार्यान्वयन गर्न काठमाडौं महानगर र शहरी विकास मन्त्रालय इमानदार नबनेको उनीहरूले आरोप लगाएका छन् ।

