अभिनेता रामचन्द्र अधिकारीलाई शनिबार डिस्चार्ज गरिने भएको छ । दुई सातादेखि अस्पतालमा उपचाररत अधिकारीलाई शनिबार डिस्चार्ज हुने उपचारमा सहयोग गर्दै आएको नेपाल चलचित्र कलाकार संघका सदस्य गोपाल ढकालले जानकारी दिए ।
त्यस्तै निमोनिया भएपछि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचाररत अभिनेता अधिकारीको निधन भएको भन्दै सामाजिक सञ्जालमा हल्ला फैलिएपछि कलाकार संघ र स्वयं अधिकारीले यसप्रति खेद जनाएका छन् ।


