चितवन , बैशाख २४ – पछिल्लो समय नेपालमा विभिन्न उत्सबहरुमा भड्किलो र अनावश्यक खर्च गरेर मनाउने चलन तीब्र भैरहेको बेला चितवनको भरतपुरमा एक छोरीले आफ्ना बुवा आमा लाई वैवाहिक बर्षगाठको अवसर पारेर बिमा पोलिसी उपहार दिएकी छन । विभिन्न चाडपर्व, जन्मदिन, विवाह, लगायतका उत्सवहरुमा हुने अनावश्यक खर्च लाई रोक्दै भरतपुर ११ बर्मेलीटोलकी सिम्रन गौतमले आफ्ना बुवा हेमराज गौतम र आमा कोपिला गौतम लाई ५ लाख बराबरको बीमा पोलिसी उपहार दिएकी हुन ।
उनले सिटिजन लाइफ इन्स्योरेन्स नारायणगढ शाखा बाट सिटिजन शुभारम्भ योजना अन्तरगत बुबा आमा लाई बीमालेख उपहार दिएका हुन् । सिटिजन लाइफ इन्स्योरेन्स नारायणगढ शाखामा एजेन्सी म्यानेजरका रुपमा कार्यरत सिम्रनले १६ बर्ष बार्षिक करिव ४१ हजार रुपैया जम्मा गर्ने बिमा पोलिसी खरिद गरि बिशेष दिन पारेर बुवा आमा लाई उपहार दिएको जनाएकी छ्न ।
विभिन्न उत्सवहरुमा लाखौं खर्च गरी मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने चलनले समाजमा बचत गर्ने प्रवृतिको विकास भएको र सो काम उदाहरणीय रहेको सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेड नारायणगढ शाखाका प्रमुख गोकर्ण बहादुर कार्कीले बताउनु भयो ।
Breaking News
- बालेन सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए के–के भएनन् ?
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?
- सिमसार स्वास्थ्य सम्वन्धी कार्यक्रम सम्पन्न

