काठमाडौै । यसपालिको चुनावमा ‘युवा भर्सेस वृद्धवृद्धा’ को बहस खुबै चल्यो । बूढा पार्टीको काम छैन, अब युवाले देश चलाउनुपर्छ भन्ने अभियानै चलेको छ । ‘युवा–बूढाबूढी’ को राष्ट्रिय बहस चलिरहेका बेला हामीले प्रतिनिधिसभाको चुनावमा कति ज्येष्ठ नागरिकहरु मैदानमा खडा भएछन् भनेर केलाउने प्रयास गरेका छौं ।
प्रतिनिधिसभातर्फ ६८ वर्षमाथिका उम्मेदवारको संख्या ११७ पाइएको छ । त्यस्तै, ७० वर्षमाथिका उम्मेदवारको संख्या ७२ रहेको छ । सबैभन्दा वृद्ध उम्मेदवार गोरखा २ बाट काँग्रेस (वीपी) का टीकादत्त पोखरेल (९९ वर्ष) छन् ।
सार्वजनिक यातायात, अस्पताल एवं सरकारी कार्यालयमा आरक्षण सिटमा बस्ने र लाइनमा उभिनु नपर्ने उमेर समूहका ज्येष्ठ नागरिकहरु युवा जोश निकाल्दै चुनावी मैदानमा उभिएका छन् । ९९ वर्षको मानिसले चुनाव लड्दा आम निर्वाचन रोमाञ्चक बनेको छ ।
शरीरले त्यति साथ नदिए पनि ज्येष्ठ नागरिकहरुसँग युवामा भन्दा बढी अनुभव छ । तर, युवाहरुमा जोश छ, जाँगर छ । अनि समयको पदचापलाई बुझ्ने समसामयिक अध्ययन पनि छ । देश बनाउनुपर्छ भन्ने आवेग छ ।
देश बनाउनका लागि युवा, वृद्ध, वालवालिका सबै उमेर समूहले आपसमा मिल्नैपर्छ । तर, यसपटकको चुनावमा वृद्धवृद्धा र युवाबीचको अन्तरविरोध भुसको आगोजसरी फैलिइरहेको छ । खासमा यस्तो अन्तरविरोधको अन्तर्य के हो ? यसमाथि खासै बहस र विश्लेषण हुन सकेको छैन ।
को हो ज्येष्ठ नागरिक ?
ज्येष्ठ नागरिक ऐन २०६३ ले कसलाई ‘ज्येष्ठ’ मान्ने भन्नेबारे परिभाषा गरेको छ । ज्येष्ठ नागरिक कसलाई मान्ने त ?
ऐनको दफा २ (क) मा भनिएको छ, ‘ज्येष्ठ नागरिक भन्नाले ६० वर्ष उमेर पूरा गरेको नेपाली नागरिक सम्झनुपर्छ ।’
ज्येष्ठ नागरिक नियमावली अनुसार ७० वर्ष पूरा गरेका व्यक्तिलाई ‘वरिष्ठ ज्येष्ठ नागरिक’ भनिन्छ
ज्येष्ठ नागरिक नियमावली २०६५ ले ज्येष्ठ नागरिकहरुको वर्गीकरणसमेत गरेको छ ।
नियमावली अनुसार ७० वर्ष पूरा गरेको नागरिकलाई ‘वरिष्ठ ज्येष्ठ नागरिक’ मानिन्छ । त्यस्तै, ६० वर्ष पूरा गरेको ज्येष्ठ नागरिक, असहाय ज्येष्ठ नागरिक, अशक्त ज्येष्ठ नागरिक र एकल ज्येष्ठ नागरिकसमेत गरी ज्येष्ठ नागरिकलाई ६ तहमा वर्गीकरण गरिएको छ ।
ऐन र नियमावलीले ६० कटेका नागरिकलाई ज्येष्ठ नागरिक माने पनि राज्यका विभिन्न निकायको मापदण्ड एकै किसिमको छैन । सरकारी सेवाबाट अवकास पाउने उमेर हदमा पनि विविधता छ ।
जस्तो– सेना, प्रहरी, निजामति सेवा, न्याय सेवा, आदिमा अवकाशको उमेर हद ५८ वर्षदेखि ६५ वर्षसम्म फरक–फरक तोकिएको छ ।
सरकारले दिने वृद्धभत्ताको उमेर हद यसअघि ७० वर्ष थियो । अहिले ६८ वर्ष कायम गरिएको छ । सरकारले ६८ वर्षमा वृद्ध भत्ता दिए पनि ऐनले ६० वर्ष कटेपछि ज्येष्ठ नागरिकको परिचयपत्र दिने गरेको छ ।
ज्येष्ठ नागरिकलाई सम्मान र सुविधा
नेपालमा ज्येष्ठ नागरिकको हक अधिकार संरक्षणका लागि कानून बनेको छ । कानूनमा टेकेर नियमावली बनेको छ । महिला मन्त्रालयसँगै ज्येष्ठ नागरिकका लागि मन्त्रालय नै छ ।
ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने बताउँदै ऐनमा भनिएको छ,‘ज्येष्ठ नागरिकलाई सम्मान गर्नु सबैको कर्तव्य हुनेछ ।
राज्यले कानून बनाएर ज्येष्ठ नागरिकलाई विभिन्न छुट र सुविधा प्रदान गर्ने नीति लिएको छ । सार्वजनिक स्थलमा, उपचारमा मात्र होइन, कैद सजायँ र दण्ड जरिवानामा समेत ज्येष्ठ नागरिकले सहुलियत पाउँछन् ।
ज्येष्ठ नागरिक ऐनको दफा ९ अनुसार ७५ वर्ष पूरा भएको कैदीले ७५ प्रतिशत सजाय छुट पाउँछ । ७० देखि ७५ वर्ष उमेर समूहको वरिष्ठ ज्येष्ठ नागरिकले ५० प्रतिशत छुट पाउँछ । ६५–७० उमेर समूहको ज्येष्ठलाई सजायमा २५ प्रतिशत छुट दिने राज्यको नीति छ ।
सन्तानले हेरचाह नगरी र हेलाहोचो गरेको अवस्थामा ज्येष्ठ नागरिकलाई कानूनबाटै संरक्षण गर्ने राज्यले नीति लिएको छ ।
ज्येष्ठ नागरिकको कल्याणका लागि महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको अध्यक्षतामा समिति गठन हुन्छ । उनीहरुका लागि हेरचाह केन्द्रहरु स्थापना गर्ने राज्यको नीति छ । सरकारले ज्येष्ठ नागरिक कल्याण कोषको समेत व्यवस्था गरेको छ ।
अब प्रतिनिधिसभाको निर्वाचनमा ज्येष्ठ नागरिक उम्मेदवारको चर्चा गरौं ।
वृद्धभत्ता पाउने ६८ वर्षको उमेरदेखि ९९ वर्षसम्म उमेरका उम्मेदवारहरुको संख्या १ सय १७ छ । यसमध्ये प्रदेशगत रुपमा हेर्दा प्रदेश १ मा २६ जना वृद्धभत्ता थाप्ने उमेर समूहका उम्मेदवार छन् भने मधेसमा ३४, बागमतीमा १५, गण्डकीमा १३, कर्णालीमा १६ र सुदूरपञ्चिममा १३ जना छन् ।
एमालेबाट ६८ कटेका ४ जना उम्मेदवार छन् भने एकीकृत समाजवादीमा झलनाथ खनाल लगायतका केही उम्मेदवारहरु वरिष्ठ ज्येष्ठ नागरिकको मापदण्डमा पर्छन् । सर्लाहीबाट माओवादीको चिन्हमा उठेका महिन्द्र राय यादव पनि वरिष्ठ ज्येष्ठ नागरिक हुन् ।
नेपालको सबैभन्दा पुरानो पार्टी भनिएको नेपाली कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवासहित ६८ कटेका १४ नेताहरु चुनावी मैदानमा छन् ।
युवा र स्वतन्त्रको वकालत भइरहेका बेला स्वतन्त्र उम्मेदवारी दिने वयोवृद्धहरुको संख्या दलहरुको भन्दा बढी छ ।
प्रतिनिधिसभामा उम्मेदवारी दिएका वृद्ध भत्ता पाउने उमेरका १ सय १७ मध्ये ३३ जना स्वतन्त्र उम्मेदवार छन् । संख्याको हिसाबले स्वतन्त्रपछि नेपाली कांग्रेस आउँछन् ।
ज्येष्ठ नागरिकले ठाउँ छाड्नुपर्छ : पूर्वसचिव बास्कोटा
पूर्वअर्थसचिव कृष्णहरि बास्कोटा ज्येष्ठ नागरिक महासंघका पूर्वसल्लाहकार हुन् । उनी अहिले चलिरहेको ‘युवा भर्सेस वृद्ध’को बहसमा युवाकै पक्षमा उभिन चाहन्छन् ।
‘मेरो समर्थन युवालाई नै हुन्छ,’ बास्कोटाले कान्तिपुरसँग भने, ‘बूढाहरुलाई मेरो भनाइ के हो भने दुई तीनपटक पार्टी वा सरकारमा गइसकेपछि रोकिनुपर्ने हो । यसो गरेको भए युवाले ठाउँ पाउने थिए ।’
युवाको पक्षमा उभिए पनि पूर्वसचिव बास्कोटा उमेरले मानिस वृद्ध नहुने तर्क गर्छन् । ‘उमेरले मानिस वृद्ध हुँदैन । युवा नै भए पनि मानिस थाकेको हुन सक्छ,’ बास्कोटा भन्छन्, ‘अमेरिका, चीन, भारत सबै ठाउँमा वृद्धले नै चलाइरहेका छन् । मलेसियामा महाथिर फेरि चुनाव लड्दैछन् । बेलायतका प्रधानमन्त्री ऋषि सुनक अपवाद हुन् । नत्र भने, संसारमा पाका मानिसले नै चलाइरहेका छन् ।’
बास्कोटाले भनेजस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ७२ वर्ष पुगेका छन् । चीनका राष्ट्रपति सि चिनफिङ ६९ वर्ष पुगेका छन् । अमेरिकी राष्ट्रपछि जो बाइडेन ७९ वर्ष पुगिसकेका छन् ।
विश्वमा वृद्ध नेताले देश हाँकेको उदाहरण रहेता पनि नेपालको राजनीतिमा युवा अगाडि आउँदा देशलाई फाइदा हुने र राजनीतिक शुद्धीकरण हुने पूर्वसचिव बास्कोटाको धारणा छ ।
ज्येष्ठ नागरिकका पूर्वसल्लाहकार एवं सूचना आयोगका पूर्वप्रमुख आयुक्त समेत रहेका बास्कोटाले अगाडि भने, ‘देश चलाउन जोश जाँगर चाहिन्छ । अहिले पढेलेखेका युवा अगाडि आएका छन् । उनीहरु अघि बढ्दा देशमा सकारात्मक परिवर्तन आउँछ । क्रियाशीलता र पारदर्शिता बढ्छ ।’
सहभागितामूलक लोकतन्त्रको भावना अनुसार जनताको कुरा सुनेर युवाहरु अघि बढ्न सक्ने बास्कोटाको तर्क छ ।
अब, प्रतिनिधिसभामा उम्मेदवारी दिएका ६८ वर्षमाथिका ११७ जना नेताहरुको विवरण हेरौं ।
वृद्ध उम्मेदवारको सूची
पाँचथर – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च – जसबहादुर योङहाङ पुरुष – (७४)
इलाम १ – नेकपा (एकीकृत समाजवादी) – झलनाथ खनाल पुरुष – (७२)
इलाम १ – स्वतन्त्र – बिक्रम पाण्डे पुरुष – (६८)
इलाम २ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) – सुवासचन्द्र नेम्वाङ – पुरुष (६९)
झापा १ – जनता समाजवादी पार्टी, नेपाल – राधा थापा – महिला (७०)
झापा ३ – नेपाली काँग्रेस – कृष्णप्रसाद सिटौला – पुरुष – (७२)
झापा ३ – जनता समाजवादी पार्टी, नेपाल – वीरबहादुर राई – पुरुष (७०)
झापा ३ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल – देवीरमण भट्टराई – पुरुष (६८)
झापा ५ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) – के.पी शर्मा ओली – पुरुष (७०)
संखुवासभा – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल – टीकाराम शाही – पुरुष (७९)
तेह्रथुम – राष्ट्रिय प्रजातन्त्र पार्टी – युवराम गौतम – पुरुष (८७)
तेह्रथुम – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल – गौरीप्रसाद कन्दङवा – पुरुष (६९)
धनकुटा – राष्ट्रिय प्रजातन्त्र पार्टी – कुमारबहादुर थापा – पुरुष (७०)
मोरङ्ग २ – नेपाली काँग्रेस – सुजाता कोइराला – महिला (६८)
मोरङ्ग ३ – स्वतन्त्र – कृष्ण राई – पुरुष (७५)
मोरङ्ग ५ – राष्ट्रिय प्रजातन्त्र पार्टी – रेवतबहादुर थापा – पुरुष (७६)
मोरङ्ग ५ – स्वतन्त्र – गयानन्द मण्डल केवरत – पुरुष (६९)
मोरङ्ग ५ – स्वतन्त्र – रामप्रसाद मुखिया – पुरुष (६९)
मोरङ्ग ६ – नेपाली काँग्रेस – डा शेखर कोइराला – पुरुष (७२)
सुनसरी २ – मंगोल नेशनल अर्गनाइजेसन – पूर्णबहादुर गुरुङ्ग – पुरुष (७१)
सुनसरी ३ – नेपाली काँग्रेस – विजयकुमार गच्छदार – पुरुष (६८)
सुनसरी ३ – स्वतन्त्र – सहिमुद्धिन मिया – पुरुष (७१)
सोलुखुम्बु १ – नेपाली काँग्रेस – बलबहादुर के.सी – पुरुष (६९)
सोलुखुम्बु – नेकपा (मार्क्सवादी लेनिनवादी) – विष्णुप्रसाद वास्तोला – पुरुष (६९)
उदयपुर १ – नेपाली काँग्रेस – डा. नारायण खड्का – पुरुष (७३)
उदयपुर २ – नेपाली कांग्रेस (बी.पी.) – केशवबहादुर पाण्डे – पुरुष (६८)
सप्तरी १ – जनता समाजवादी पार्टी, नेपाल – नवल किसोर साह सुडी – पुरुष (७३)
सप्तरी २ – नेपाली कांग्रेस (बी.पी.) – चिरन्जीबी लाल देव – पुरुष (७३)
सप्तरी ३ – जनमत पार्टी – अनिश अन्सारी – पुरुष (६८)
सप्तरी ४ – जनमत पार्टी – सुकदेवप्रसाद साह – पुरुष (७२)
सप्तरी ४ – स्वतन्त्र – शंकरलाल चौधरी – पुरुष (७३)
सिराहा १ – नेपाली काँग्रेस – पदमनारायण चौधरी – पुरुष (७४)
सिराहा १ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल – हरिराम दास – पुरुष (७५)
सिराहा ३ – नेकपा (माओवादी केन्द्र)(एकल चुनाव चिन्ह) – विश्वनाथ साह – पुरुष (६९)
सिराहा ३ – राष्ट्रिय प्रजातन्त्र पार्टी – गोवर्धन दास तत्मा – पुरुष (६९)
धनुषा २ – जनता समाजवादी पार्टी, नेपाल – आनन्द यादव – पुरुष (७३)
धनुषा २ – नेकपा (एकिकृत समाजवादी) – रामचन्द्र झा – पुरुष (६८)
धनुषा ३ – स्वतन्त्र – सत्य नारायण शाह – पुरुष (६८)
महोत्तरी २ – लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल – शरतसिंह भण्डारी – पुरुष (६८)
महोत्तरी २ – तराइ-मधेश लोकतान्त्रिक पार्टी – विजयकुमार सिंह – पुरुष (७०)
महोत्तरी ३ – लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल – महन्थ ठाकुर – पुरुष (८०)
महोत्तरी ३ – नेपाल संघीय समाजवादी पार्टी – इलियास अंसारी – पुरुष (६८)
महोत्तरी ४ – स्वतन्त्र – कामेन्द्र कुमार कमल – पुरुष (६९)
सर्लाही २ – नेकपा (माओवादी केन्द्र) (एकल चुनाव चिन्ह) – महिन्द्र राय यादव – पुरुष (८५)
सर्लाही ४ – नेपाली काँग्रेस – नागेन्द्र कुमार – पुरुष (६९)
रौतहट १ – नेकपा (एकीकृत समाजवादी) – माधवकुमार नेपाल – पुरुष (६९)
रौतहट २ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल – महिन्द्र साह तेली – पुरुष (७८)
रौतहट २ – स्वतन्त्र – शेखयार महमद – पुरुष (६८)
रौतहट ३ – स्वतन्त्र – महेन्द्रप्रसाद चौधरी – पुरुष (७०)
रौतहट ४ – स्वतन्त्र – भवनाथ शर्मा घिमिरे – पुरुष (७६)
बारा १ – स्वतन्त्र – कृष्णराज गिरी – पुरुष (८१)
बारा ३ – नेपाल लोकतान्त्रिक पार्टी – महम्मद शानी ठकुराई – पुरुष (६८)
बारा ३ – स्वतन्त्र दिनेश्वर झा – पुरुष (७०)
बारा ४ – नेपाल सद्भावना पार्टी – खेदू महतो धानुक – पुरुष (७४)
पर्सा १ – लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल – लक्ष्मणलाल कर्ण पुरुष (७५)
पर्सा १ – स्वतन्त्र – शंकरकुमार कर्ण – पुरुष (६८)
पर्सा १ – स्वतन्त्र – हृदयनारायण प्रसाद बरै – पुरुष (८०)
पर्सा २ – नेपाल लोकतान्त्रिक पार्टी – हरिहर प्रसाद साह(कानु) – पुरुष (६८)
पर्सा ४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) – जालिम मियाँ मंसुरी – पुरुष (७५)
पर्सा ४ – स्वतन्त्र – हेतुला मिया मंसुरी – पुरुष (७८)
सिन्धुली १ – स्वतन्त्र – रामहरी बुढाथोकी – पुरुष (६९)
नुवाकोट २ – नेपाली काँग्रेस – अर्जुन नरसिंह के.सी. – पुरुष (७५)
काठमाडौं १० – हाम्रो नेपाली पार्टी – इन्द्रबहादुर बराल – पुरुष (६९)
काठमाडौं ५ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) – इश्वर पोखरेल – पुरुष (६८)
काठमाडौं ६ – नेपाली काँग्रेस – भिमसेन दास प्रधान – पुरुष (६९)
काठमाडौं ६ – राष्ट्रिय प्रजातन्त्र पार्टी – विष्णु प्रसाद आचार्य – पुरुष (७२)
काठमाडौं ६ – स्वतन्त्र – बिष्णुप्रसाद ढकाल – पुरुष (८५)
काठमाडौं ७ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) – श्यामकुमार घिमिरे – पुरुष (६८)
काठमाडौं ९ – स्वतन्त्र – लक्ष्मणसिंह खड्का – पुरुष (७३)
ललितपुर २ – नेपाल सुशासन पार्टी(एकल चुनाव चिन्ह) – जयबहादुर खत्री – पुरुष (६८)
ललितपुर ३ – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च – बिष्णुकुमार लिम्बु – पुरुष (७०)
काभ्रेपलाञ्चोक १ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल – गोविन्दराज गिरी – पुरुष (७०)
सिन्धुपाल्चोक १ – नेकपा (मार्क्सवादी लेनिनवादी) – कृष्णबहादुर ठकुरी – पुरुष (७०)
चितवन ३ – राष्ट्रिय प्रजातन्त्र पार्टी – विक्रम पाण्डे – पुरुष (६९)
चितवन ३ – स्वतन्त्र – जगन्नाथ पौडेल – पुरुष (७१)
गोरखा २ – नेपाली कांग्रेस (बी.पी.) – टिकादत्त पोखरेल – पुरुष (९९)
लमजुंग – राष्ट्रिय प्रजातन्त्र पार्टी – बालचन्द्र श्रेष्ठ – पुरुष (७०)
कास्की २ – स्वतन्त्र – तारानाथ सुवेदी – पुरुष (७८)
कास्की ३ – स्वतन्त्र – पशुपतीनाथ तिमिल्सिना – पुरुष (८४)
तनहुँ १ – नेपाली काँग्रेस – रामचन्द्र पौडेल – पुरुष (७८)
तनहुँ १ – राष्ट्रिय जनमुक्ति पार्टी – हस्तबहादुर किचिम थापा – पुरुष (७०)
तनहुँ १ – स्वतन्त्र – गोविन्दराज जोशी – पुरुष (७३)
स्याङ्जा १ – स्वतन्त्र – लोकबहादुर दमै – पुरुष (७०)
स्याङ्जा २ – राष्ट्रिय प्रजातन्त्र पार्टी – लालगोपाल अर्याल – पुरुष (७६)
स्याङ्जा २ – स्वतन्त्र – चिरन्जीवी पाण्डेय – पुरुष (७१)
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ – राष्ट्रिय प्रजातन्त्र पार्टी – डा. मोहनीलाल भुसाल – पुरुष (७१)
बागलुङ १ – राष्ट्रिय जनमोर्चा – चित्रबहादुर के.सी. – पुरुष (८०)
पर्वत – राष्ट्रिय जनमुक्ति पार्टी – बलबहादुर थापा – पुरुष (७२)
रुपन्देही १ – स्वतन्त्र – बिष्णुप्रसाद चौधरी कुर्मी – पुरुष (७४)
रुपन्देही ३ – राष्ट्रिय प्रजातन्त्र पार्टी – दीपक बोहरा – पुरुष (७१)
रुपन्देही ४ – लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल – सर्वेन्द्रनाथ शुक्ला – पुरुष (७२)
रुपन्देही ४ – स्वतन्त्र – अब्दुल जुबेर मुसलमान – पुरुष (६९)
रुपन्देही ५ – नेपाली काँग्रेस – भरतकुमार शाह – पुरुष (६८)
कपिलवस्तु १ – नेकपा (मार्क्सवादी लेनिनवादी) – युवराज शर्मा आचार्य – पुरुष (७५)
कपिलवस्तु २ – मंगोल नेशनल अर्गनाइजेसन – सूर्यबहादुर थापा – पुरुष (७७)
कपिलवस्तु ३ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) – मंगलप्रसाद गुप्ता – पुरुष (७७)
कपिलवस्तु ३ – जनमत पार्टी – नरसिहं चौधरी – पुरुष (७०)
कपिलवस्तु ३ – मंगोल नेशनल अर्गनाइजेसन – केशबहादुर थापा – पुरुष (७९)
दाङ १ – मंगोल नेशनल अर्गनाइजेसन – शोभाराम बुढा – पुरुष (७०)
बाँके २ – नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) – खलुप्रसाद थारु – पुरुष (७४)
बाँके २ – जनसमाजवादी पार्टी नेपाल – लिलौ दर्जी – पुरुष (७३)
बाँके ३ – लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल – हफिज पठान – पुरुष (६८)
बाँके ३ – नेपाली कांग्रेस (बी.पी.) – दुर्गाबहादुर घिमिरे – पुरुष (७३)
बर्दिया १ – नेपाल मजदुर किसान पार्टी – हरिलाल न्यौपाने – पुरुष (६९)
सल्यान – स्वतन्त्र – राजेन्द्रबहादुर शाह – पुरुष (७०)
मुगु – स्वतन्त्र – भीमचन्द्र हमाल – पुरुष (७२)
बझाङ्ग – स्वतन्त्र – रामचन्द्र राना – पुरुष (६८)
डोटी – स्वतन्त्र – राजप्रशाद जोशी – पुरुष (६८)
कैलाली १ – नेपाल मजदुर किसान पार्टी – धनबहादुर मगर – पुरुष (७०)
कैलाली १ – राष्ट्रिय जनमुक्ति पार्टी – तिलकबहादुर शाही – पुरुष (६९)
कैलाली ५ – लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल – दानबहादुर विश्वकर्मा -पुरुष (६८)
दार्चुला – नेपाली काँग्रेस – दिलेन्द्रप्रसाद बडू – पुरुष (६८)
दार्चुला – नागरिक उन्मुक्ति पार्टी – तारा दत्त जोशी – पुरुष (६९)
बैतडी – नेश्नलिष्ट पिपल्स पार्टी – कृष्णबहादुर चन्द – पुरुष (६८)
बैतडी – स्वतन्त्र – केशवबहादुर चन्द – पुरुष (७१)
डडेलधुरा – स्वतन्त्र – कर्णसिंह रावल – पुरुष (८४)
डडेलधुरा – नेपाली काँग्रेस – शेरबहादुर देउवा – पुरुष (७७)

