कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियाको सामना गर्ने भएको छ।
समूह सी को विजेताको रुपमा माथिल्लो चरणमा पुगेको अर्जेन्टिनाले समूह डीको उपविजेता अष्ट्रेलियाको सामना गर्न लागेको हो।
समूह चरणमा पोल्याण्ड र मेक्सिकोलाई हराएर अर्जेन्टिनाले माथिल्लो चरणमा आफ्नो स्थान सुरक्षित गरेको थियो।
अष्ट्रेलियाले भने डेनमार्क र ट्युनिसियालाई पराजित गरेको थियो

