विश्वको आकर्षणको केन्द्र बलिउडका लागि नेपाली कलाकार मरिहत्ते गर्छन् । त्यसको पछिल्लो उदाहरण अभिनेता विपिन कार्की पनि हुन् । विपिनले २ बर्षदेखि बलिउड फिल्म ‘एनिमल’ का लागि व्भििन्न मिहिनेत गरे । अहिले आएर उनले फिल्म छोडेका छन् ।
विपिनले ‘कबीर सिंह’ निर्देशन सन्दिप रेड्डी वंगाको फिल्म ‘एनिमल’ दुई व्र्ष अगाडि साइन गरेका थिए । त्यसका लागि उनी नेपाल र मुम्बई धेरैपटक ओहार दोहोर पनि गरे । बलिउड फिल्मको चक्करमा उनले धेरै नेपाली फिल्म छोडे । तर अहिले भने उनले बलिउड फिल्म ‘एनिमल’ छोडेका छन् ।
विपिन अहिले फिल्म ‘प्रसाद २’ को छायांकनमा व्यस्त छन् । यही समय उनलाई फेरि ‘एनिमल’ का लागि बोलावट आएको थियो । व्यस्तताका कारण उनले बलिउड फिल्मबाट हात झिकेको छन् । रणवीर कपूर, अनिल कपूर, रश्मिका मन्दना जस्ता नामी कलाकारको अभिनय रहेको फिल्मबाट डेब्यू गर्दा बलिउडले आफूलाई स्वीकार गर्ने उनको विश्वास थियो । तर नेपालमै भ्याइनभ्याइ भएका कारण आफुले फिल्म नगर्ने जवाफ दिएको विपिनले बताए ।
विपिनका अनुसार उनलाई ६ दिनभित्रै बोलाइएको थियो । यहाँ सुटिङ भइरहेको प्रसाद २ अभैm १४ दिन छाड्न नमिल्ने भएका कारण ‘एनिमल’ छोडेका हुन् । यतिबेला विपिनको हातमा नेपाली फिल्म ‘डामाडोल’, ‘चंगा चेट २’, ‘महाजात्रा’, ‘विवेक’ लगायत आधा दर्जन बढी फिल्म छन् ।
Breaking News
- यात्रुबाहक बसको ठक्करबाट युवतीको मृत्यु
- बिक्रमबाबा मेलाको फोहोर व्यवस्थापनः सरोकारवालाहरुले उचित ध्यान पुर्याउन नसकेको अध्ययन टोलीको निष्कर्ष
- विद्यालयबाट कलम किन्न भनेर निस्किएका दुई बालकको नारायणीमा डुबेर ज्यान मृत्यु
- पूर्वप्रधानमन्त्री ओलीलाई भर्चुअल रूपमा अदालत उपस्थित गराइने
- सम्पर्कविहीन प्रशासकीय अधिकृतलाई फेसबुकबाट मेयरको आग्रह- घर बस्न दिक्क भो होला, अफिस आउनुस्
- नवनिर्वाचित सांसदहरूको शपथ आज, आवश्यक कागजातसहित दुई घण्टाअगावै उपस्थित हुन आग्रह
- बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
- चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

