महान्यायाधिवक्ता कार्यालय क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालत गएको छ ।
उच्च अदालतको आदेश बदर गरी पाऊँ भन्दै महान्यायिवक्ताको कार्यालयले निवेदन दिएको छ।
साथै सन्दीपलाई थुनामै राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग गर्दै आज (मंगलबार) महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च गएको हो।
नाबालिगमाथि बलात्कारको मुद्दामा उच्च अदात पाटनले २० लाख रुपैयाँमा सन्दीपलाई धरौटीमा छाडेको थियो। तर काठमाडौं जिल्ला अदालतमा भने उनको मुद्दा विचाराधीन अवस्थामै छ।

