एसिसी प्रिमियर कप क्रिकेटमा नेपालविरुद्ध १५८ रनको लक्ष्य पछ्याएको कतारको पहिलो विकेट गुमेको छ ।
नेपाली ब्याटरले कमजोर प्रदर्शन गरेर झिने लक्ष्य दिएको खेलमा नेपालले कतारविरुद्ध २.२ ओभरमा पहिलो विकेट लिएको हो ।
ललित राजवंशीले पहिलो विकेट हात पारेका हुन् ।
यस क्रममा उनले १० बलमा ८ रन बनाएर खेलिरहेका कमरान खानलाई आउट गरेका हुन् ।
नेपालले धारिलो र कसिलो बलिङ गर्न नसके खेल जित्न कठिन देखिएको छ ।
लक्ष्य दिने क्रममा नेपालका सन्दीप लामिछानले सर्वाधिक ४२ रनको योगदान गरेका थिए ।

