सरकारले ४४ जना सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवहरू अर्जुन भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।
भरत खनाललाई प्रदेश प्रमुखको कार्यालय सुदूर पश्चिममा सरुवा गर्दै काजमा रक्षा मन्त्रालय, कृष्ण प्रसाद धिताललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कुमान सिंह गुरुङलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश सरुवा गरिएको छ।
कविराज पौडेल सत्य निरूपण तथा मेलमिलाप आयोग, सुरेश राउत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कुमार प्रसाद दाहाल युवा तथा खेलकुद मन्त्रालय वा अन्तर्गत सरुवा भएका छन्।
कुन सहसचिव कहाँ सुरूवा भए ? हेर्न यहाँ क्लिक गर्नुहोस्