नक्कली शरणार्थी प्रकरणमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् ।
यस प्रकरणमा पैसा ओसारपसारसहितको कामका लागि मियाँले चढ्ने गाडी प्रयोग हुँदै आएको तथ्य फेला परेको थियो ।
प्रहरी स्रोतका अनुसार यस प्रकरणमा मियाँको पनि संलग्नता पाइएपछि बिहीवार पक्राउ गरिएको हो ।
उनले चढ्ने गाडी भने यसअघि नै प्रहरीले नियन्त्रणमा लिइसकेको थियो ।