नयाँ दिल्ली — बुधबार भारत भ्रमणमा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँदिल्ली अवतरण गरेका छन् । विमानस्थलमा अहिले उनको स्वागत गरिएको छ । यसका लागि सांस्कृतिक कार्यक्रम गरिएको छ ।
प्रधानमन्त्री दाहालको स्वागतका लागि भारत सरकारका रेलवे मन्त्री राओसाहेब पटिलको नेतृत्वमा विदेश मन्त्रालयका अधिकारीहरू विमानस्थल आइपुगेका छन् ।
प्रधानमन्त्री दाहालको भ्रमण टोली चार दिने भारत भ्रमणका लागि बुधबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।
सरकारको नेतृत्वमा फर्किएको पाँच महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार भारत भ्रमण तय गरेका हुन् । गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो । उनी बुधबार दिउँसो १:२५ बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गरेका थिए ।

